नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा शोभा खरेल निर्वाचित

प्रकाशित मिति:

चितवन । नेपाल जेसीजको बर्ष सन् २०२० को लागि कार्यकारिणी उपाध्यक्ष पदमा हेटौंडा लेडी जेसीजका पूर्व अध्यक्ष शोभा खरेल निर्वाचित भएकी छिन् । रत्ननगर जेसीजको आतिथ्यतामा चितवनमा भएको ४६ औं महाधिवेसनमा खरेल कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । लेडी जेसीजको बर्ष सन् २०१६ को अध्यक्ष रहेकी खरेल २०१७ मा राष्ट्रिय उपाध्यक्ष भएर काम गरिसकेकी थिईनन् । कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएकी उनले नेपाल जेसीज र शाखाको बीचमा पुलको काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । ‘यसअघि पनि उपाध्यक्ष पदमा रहेर काम गरिसकेको छु’, उनले भनिन्, ‘नेतृत्व र व्यक्तित्व विकासमा समर्पित युवाहरुको संस्थामा म युवाहरुको हकहितमा काम गर्नेछु ।’ चार कार्यकारिणि उपाध्यक्ष चाहिनेमा उनी दोस्रो नम्बरमा बिजयी भएकी हुन् ।  जेसीजमा एक ब्यक्ती एक पद एक कार्यकालको प्रावधान रहने गरेको छ ।