एजेन्सी/अस्पतालमा काम गर्ने चिकित्सक तथा अन्य कामदारलाई सहज होस् र सुरक्षित महसुस होस् भनेर चीनले नयाँ कानुन ल्याउएको छ ।केही समयअघि बेइजिङमा एक महिला चिकित्सकमाथि छुरा प्रहार गरि हत्या गरेपछि चीनले यो नयाँ कानुन ल्याएको हो ।
नयाँ कानुनअनुसार अब चीनमा चिकित्सक तथा अन्य मेडिकल पर्सनलमाथि कसैले पनि धम्क्याउन वा कुनै क्षति पुर्याउन पाउँदैनन् । यो नयाँ कानुन आगामि वर्ष १ जुनदेखि लागु हुनेछ ।याङ वेन एक चिकित्सक थिइन् जसलाई बेइजिङको एक अस्पतालको इमर्जेन्सी वार्डमा एक क्यान्सर पीडित व्यक्तिले आक्रमण गरेर हत्या गरेका थिए ।












