कपिलवस्तुका वडा अध्यक्ष सुदिप पौडेलको सर्हानिय कार्य : ‘१०१ जनालाई कम्मल बितरण’
‘मानब सेवानै सबै भन्दा ठुलो सेवा’-सुदिप पौडेल
इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा गरिब, असहाय तथा बिपन्न बृद्धबृद्धाहरुलाई जाडोबाट बच्नका लागी कपिलवस्तु नगरपालिका वडा नम्बर १ वडा कार्यालयमा एक कार्यक्रम गरी वडाको बजेटबाट १०१ जनालाई कम्बल बितरण गरेका छन ।
गत १५ दिन देखि घामको मुख देख्न नपाएको र अत्याधिक चिसोको आवास भएसंगै असहाय तथा बिपन्न बृद्धबृद्धाहरुको जीवनयापननै गाह्रो भएकाले अरु त केही गर्न नसके कमसेकम कम्बल वितरण गरेर केही सहयोग गर्न पाएकोमा वडा अध्यक्ष पौडेलद्धारा खुशी ब्यक्त गर्दै आगामी दिनमा अझै धेरै गर्ने अश्वासन समेत दिनु भएको छ । कार्यक्रममा कपिलवस्तु नगर प्रमुख किरण सिंहको प्रमुख आतिथ्यता तथा वडा सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा अध्यक्ष पौडेलले मानब सेवानै सबै भन्दा ठुलो सेवा रहेको र मानब सेवा गरेपछी मन्दिर एबम कुनै धार्मिक शक्तीपिठ धाउने कार्य गर्नु नपर्ने समेत बताएका थिए । उनले सम्पन्न घर परिवारले यदि एउटा असहायलाई रु ५०० को न्यानो कपडा सहयोग गरिदिएमा आफु पनि बच्ने र अरुलाई पनि बच्न सहयोग पुग्थेयो उनको आग्रह छ । ब्यक्तिगत तथा नगरपालिका दिनदुखीको सधैं साहारा बन्ने र सबैको कल्याण गर्न लायक काम गर्ने इक्षा भएको उनी बताउन्छन । त्यसो त वडा अध्यक्ष पौडेल स्वतन्त्र उम्मेद्वारको रुपमा बिजय भएसंगै स्वतन्त्र कर्म गरेर सबैको मन जितेका छन ।










