चोरमारामा एक पुरुषको शव फेला

प्रकाशित मिति:

बसन्ती कन्डेल / नवलपुर – नवलपुरको मध्यबिन्दु नगरपालीकामा आज बुधबार दिउसो साढे १२ बजेको समयमा एक पुरुषको बेवारिस अवस्थामा शब फेला परेको छ । पुर्ब पश्चिम राजर्माग अन्र्तगत मध्यबिन्दु नगरपालीका वडा नम्बर ७ चोरमाराको कल्र्भट मुनि शब फेला परेको हो । ईलाका प्रहरी कार्यालय चोरमाराका प्रहरी नायब निरिक्षक प्रेम बाहादुर बिष्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चोरमारा निवासी ७५ बर्षीय तिलक राम महत्तो रहेका छन ।

सार्बजनिक शौचालयमा सरसफाईको कार्य गर्दै आएका महत्तोको कल्र्भटबाट खसेर राती नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । पोष्टर्माटमका लागि अस्पताल लैजाने तयारीमा रहेको समेत बिष्टले बताउनुभयो । बिस्तृत विवरण भने आउन बाँकी छ ।