डोल्पामा भयो यस्तो दर्दनाक घटना, श्रीमान भन्छन् : समयमै उद्धार गर्न नसक्दा बचाउन सकिन्
काठमाडौं – माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यू भएको छ । डोल्पा ठुलीभेरी नगरपालिका वडा–५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटो ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । घर पोत्ने माटो खन्ने क्रममा बुधबार दिउँसो सवा चार बजेतिर माटोको ढिस्कोले उनको मृत्यु भएको हो ।

पुरिएको जानकारी माझफाल प्रहरी चौकीले पाए लगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरे पनि बचाउन नसकिएको उनका श्रीमान शम्शेर बुढाले बताउनुभयो । समयमै उद्धार गर्न नसक्दा श्रीमती गुमाउनु परेको उहाँले जानकारी दिनुभयो ।









