आज पनि मौसममा बदली, हिमपातसहित हल्का वर्षा हुने

प्रकाशित मिति:

काठमाडौं/ देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपातको क्रम शनिबार पनि कायम रह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ ।उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी तथा तराई भूभागमा दिनभर मौसममा बदली हुने तथा पानी पर्ने सम्भावना छ ।

शनिबार दिउँसोबाट भने मौसम सुधार आउने महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार हिमपातसहित पानी परे पनि न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन ।बदली भएकाले धरातलको तातो माथि जान सकेको छैन । त्यसैले न्यूनतम तापक्रम शुक्रबार र शनिबार दुवै दिन औषत छ । मौसममा आउने सुधारका कारण शनिबार बेलुकाको तापक्रम भने घट्ने महाशाखाको अनुमान छ ।