१० हजार घुससहित सहायक वनअधिकृत पक्राउ

प्रकाशित मिति:

बर्दिया/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ ।काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द प्रसाद साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको पाण्डेले बताए । यसैबीच अख्तियारको टोलीले घुस लिएको अभियोगमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई पनि पक्राउ गरेको छ ।