विश्व वरीयतामा नेपालका प्रिन्स चौधौं स्थानमा

प्रकाशित मिति:

काठमाडौं– नेपालका प्रिन्स दाहाल विश्व वरीयताको १४औँ स्थानमा पुगेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरीयतामा दाहाल १४ औँ स्थानमा पुगेका हुन्। यसअघि उनी जुनियरतर्फको विश्व वरीयतामा १८ औँ स्थानमा थिए। प्रिन्सले प्राप्त गरेको उक्त वरीयता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो। यसअघि उनी विश्व वरीयताको ३२औँ स्थानमा थिए।

लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेसनल सिरिजमा उपाधि जितेका थिए। उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए। जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । – रासस