प्रथम चापाकोट महोत्सव मंसिरमा

श्रीकृष्ण सिग्देल

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल
स्याङ्जा— असोज
स्याङ्जाको दक्ष्णि पुर्वमा रहेको चापाकोट नगरपालिकामा चापाकोट उद्योग वाणिज्य संघले प्रथम महोत्सव आयोजना गर्ने भएको छ । चापाकोटको शान सुनदर नगर हाम्रो पहिचान भन्ने मुल नाराका साथ मंसिर २८ गते देखि पौष ८ गते सम्म संचालन हुने महोत्सवको उद्योग वाणिज्य संघले शनिवार घोषण सभा मार्फत जानकारी दिएको हो । चापाकोट नगरी सगै नगरपालिका भित्र रहेका कृषि, पर्यटकीय स्थल, संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव अर्थतन्त्रको मेरुदण्ड हो भन्ने उदेश्य राखेर चापाकोटका उद्योगी व्यवसायी र उत्पादनको प्रवर्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

चापाकोट उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको प्रथम चापाकोट महोत्सवको घोषणा गर्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरीले नीजि क्षेत्र र नगरपालिका मिलेर नगरपालिकाको समृद्धिका लागि अगाडी बढ्न आफु तयार रहेको बताए । महोत्सव नगरपालिकालाई चिनाउने माध्यम भएकाले यसलाई सफल बनाउन सबै लाग्नु पर्नेमा नगर प्रमुख गिरीले जोड दिए ।

५० लाखको कारोवार २ लाख दर्शक भित्राउने उदेश्य रहेको महोत्सवमा बालउद्यान, सांस्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति, ताजा तरकारी प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, अटोमोवाईल, पर्यटक मेला तथा फोटो प्रदर्शनी र हस्तकला प्रदर्शनी मेलाका मुख्य आर्कषणका रुपमा रहने चापाकोट महोत्सवका मुल आयोजक समितिका संयोजक मणिप्रसाद खनालले जानकारी दिए । नगरपालिका घोषणा भए सगै स्थापना भएको चापाकोट उद्योग वाणिज्य संघको स्थापना ०७३ सालमा भएको थियो । स्थापनाको छोटो अवधिमा चापाकोट उद्योग वाणिज्य संघले नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको सम्भावना र प्रचारप्रसार सगै स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उपजको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखिएको छ ।

उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको प्रथम चापाकोट महोत्सव हुने भएपछि स्थानीय नगरवासीमा उत्साह थपिएको छ । महोत्सव सफल बनाउन स्थानीयवासीले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घोषण सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु घिमिरे, नेपाली काँग्रेसका नगर सचिव गौरव भट्टराई, गंगालाल माविका प्रअ खेमराज भट्टराई, वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तम आचार्य, महासचिव शिव श्रेष्ठ, कोषाध्यक्ष विष्णु काफ्ले र सदस्य निर्मल राना लगायतले महोत्सवलाई सफलता बनाउन सबै सगँ आग्रह गरेका थिए । घोषणा सभामा राष्ट्रिय लोकगायक रामजी खाँण, शिव हमाल, शंकर पन्त लगायतको बेजोड प्रस्तुती रहेको थियो ।