निर्मला पन्तको न्याय माग्दै प्रर्दशन

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल
स्याङ्जा,  असोज
कञ्चनपुरका १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या लगायत समसामयिक घटनाका बिरोधमा स्याङ्जामा बिद्यार्थीले प्रर्दशन गरेका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आइतवार बलात्कार, दण्डहीनता, महंगी, भाडा बृद्धि बिरुद्ध सदरमुकाममा प्रर्दशन गरेका हुन ।
सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका १ स्थित क्याम्पसबाट सुरु भएको बिरोध ¥यालीले सदरमुकामका मुख्य बजार भिमसेनचोक, बैंकरोड, ठाडोलाईन, अभियानपथ, लोकतान्त्रिक चोक, वीप चोक, चौकी, हुलाक मार्ग हुदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै क्याक्पस प्रमुख अर्जुनबन्धु अर्यालले अमानवीय प्रकृतीका यस्ता घटनाको तत्काल समाधान नगर्दा बलात्कार र हत्या जस्ता हिंसात्मक घटना दिनप्रतिदिन बढ्दै गएको बताउदै सरकारले तत्काल दोषी पत्ता लगाई कानूनी कठघरामा ल्याउनु पर्ने बताए ।
स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाका सभापति सुनिलबाबु चापागाईले बहुमत प्राप्त सरकार, समावेशीका कुरा गर्ने सरकार कलिला नानीहरु दिन दहाडै निमोठिदा मौन बस्नु लाचारीपन रहेको आरोप लगाए । महिनादिनमा पटक÷ पटक पेट्रोलियम पदार्थमा बृद्धि, यातायात भाडा दर र खाद्य पदार्थको बृद्धिले सबैभन्दा बढी बिद्यार्थी बर्ग प्रभावित बनेकोमा जोड दिए ।
कार्यक्रममा स्ववियू उपसभापति गौरब प्रधान, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति बिज्ञान भण्डारी, बिद्यार्थी बर्षा खड्का, बिद्यार्थी नेता कुमार हिताङ् लगायतले दोषीलाई तत्काल पक्राउगरी कानूनी कठघरामा पु¥याउन र बढ्दो महंगी तत्काल घटाइ नेपाली नागरिकलाई शान्तिसंग बाच्न पाउने अधिकारको सुनिश्चिता गर्न आग्रह गरेका थिए ।