काठमाडौं – राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रक्तदान गरेका छन् । ट्रेड युनियन महासंघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेर अध्यक्ष थापाले आइतबार रक्तदान गरेका हुन् ।
उनले ४१औं पटक रक्तदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष थापाले आयोजक ट्रेड युनियन महासंघलाई रचनात्मक कामका लागि धन्यवादसमेत दिएका छन् ।









