बुद्धभुमी नगरपालिकामा न्यानाकोे लागी विपन्न परिवारलाई सिरक वाढ्ने अभियान अन्त्य तिर
डिलाराम भुसाल /कपिलवस्तु – कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले पुस र माघ महिनाको को जाडोलाई मध्यनजर गरि न्यानोको लागी विपन्न परिवारलाई लाई सिरक वाढ्ने अभियान अन्त्य तिर आएको वताईएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले आज बुद्धभुमी वडा नं. २ का विपन्नलाई सिरक वाढदै १० मध्ये ९ वटा वडाका विपन्नलाई सिरक प्रदान गरेको वताएका छन् । अव ३ नं. वडामा मात्र सिरक वाडन वाकीं रहेको वताईएको छ । नगरपालिकाको विपत व्यवस्थापन योजना अनुसार सिरक वाडीएको नगरप्रमुख श्रेष्ठले वताएका छन् ।
नगरपालिकाले यस अगाडी चोक चोकमा दाउदा वितरण समेत गरेको थियो । हामीले अति विपन्न वर्गका परिवारलाई १ थान सिरक प्रदान गरेका छौ । नगर भरी २९५ थान सिरक प्रदान गरीएको बताएको छ । जाडोमा राहत होस भन्ने उद्धेश्यले वाडीएको प्रमुख श्रेष्ठले वताएका छन् । यता बुद्धभुमी नगरपालिका २ नं. वडा का वडा अध्यक्ष भेषराज शर्मा खनालले जाडो वडदै गएकोले कार्यपालिकाले निर्णय गरी गरीव जनताका घरमा स्थानिय सरकार पुगेको वताएका छन् ।









