बुटवल । विपी विचार राष्ट्रीय समाज रुपन्देहीले विपी विचार राष्ट्रीय समाजका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस गुल्मीका पुर्ब सभापती राजन प्रसाद पन्तका पिता ईश्वरी प्रसाद पन्तको निधन प्रति श्रदान्जली व्यक्त गरेको छ । विपी विचार राष्ट्रीय समाज रुपन्देहीका संरक्षक तथा नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाह , जिल्ला अध्यक्ष शरद भटराई , सल्लाहाकार तथा नेपाली कांग्रेसका युवा नेताहरु हरी न्यौपाने , विष्णु पोखरेल , प्रेस सल्लाहाकार विक्रम खड्का , जिल्ला सदस्य तथा तिलोतमा नगरपालीका वडा नं ९ का अध्यक्ष नारायण न्यौपाने , जिल्ला सदस्य अमृत पाण्डेय लगायतले उहांको कालीकानगरको घरमा पुगेर श्रदान्जली व्यक्त गर्नुका साथै परीवार जनमा समवेदना प्रकट गर्नु भएको थियो । साथै स्वा ईश्वरी पन्तको स्मृतीमा १ मिनेट मौन धारण गरीएको थियो ।










