सभापति भरत कुमार शाहद्धारा नेका प्रदेश ५ संसदिय दलका नेता बलदेब शर्माको स्वास्थ लाभको कामना
बुटवल । नेपाली कांग्रेस प्रदेश न ५ संसदीय दलका नेता बलदेब शर्माको स्वास्थ अबस्था बुझन सार्बजनिक लेखा समिति सभापति माननीय भरत कुमार शाह अस्पतालमा पुग्नु भएको थियो ।
उहाँसंगै , नेपाली कांग्रेस युवा नेता विष्णु पोख्रेल , नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य हरि न्यौपाने विपी विचार राष्ट्रीय समाजका रुपन्देही अध्यक्ष शरद भटराई , उपप्रध्यापक ओम प्रकाश अर्याल , समाजका जिल्ला सदस्य अमृत पाण्डेय लगायतले शर्मा संगको भेटमा स्वास्थ लाभ को कामना पनी व्यक्त गर्नु भएको थियो ।









