कृषि बिकास बैंकको बार्षिक उत्सव अवसरमा वित्तिय संस्था कर्मचारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल /कृषि बिकास बैंक लिमिटेडको ५३ बार्षिक उत्सवको अवसरमा नेपाल वित्तिय संस्था कर्मचारी संघ ५ जं प्रदेश समिति भैरहवा द्धारा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।५ नं प्रदेश समितिका प्रदेश अध्यक्ष नवराज गौतमको अध्यक्षतामा तथा कृषि बैक लि ५ नं प्रदेश कार्यालयका निर्देशक चन्द्र सिह थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बैकमा कार्यरत कर्मचारी पुर्व कर्मचारी सुरक्षा कर्मि तथा सेवाग्रहि र सुवेक्षुक ५४ जनाले रक्तदान गर्नुभएको थियो।

सो कार्यक्रममा प्रदेश कार्यालय जयनेपाल श्रेष्ठ केन्दिसदस्यहरु गणेश सिह श्रेष्ठ रामचन्द्र वि क मधुसुदन पराजुली अल्दुल मनिन सहकक्षिय युनियनका प्रदेश संयोजक विनोद के सी तथा टेर्ड युनियन काग्रेस नगर समिति सिद्धार्थनगरका सभापती लगाएतले बोल्नुभएको कार्यक्रमको संचालन संघका प्रदेश सचिव विनोद ढकालले संचालन गर्नुभएको थियो।