पाकिस्तानी प्रधानमन्त्री इमरानको यस्तो पवित्र कार्यले पायो विश्वभरी प्रसंशा

प्रकाशित मिति:

एजेन्सी –  पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्चा विश्वभर भइरहेको छ । पूर्व खेलाडीसमेत रहेका खानले राजनीतिमा आएपछि धेरै राम्रा कामहरु गर्न सफल भएका छन् । पुर्व क्रिकेट कप्तान र सन १९९२ मा विश्वकप जित्न सफल खानले सौखत खानम अस्पताल बनाएका छन् । पाकिस्तानका विभिन्न शहरहरुमा यो अस्पतालले ७५ प्रतिशत भन्दा धेरैको क्यान्सर रोगको निःशुल्क उपचार गर्दै आइरहेको छ ।
आफु खेलाडी हुँदा नै उनले आफ्नी आमाको मृत्युपछि उनैको यादमा यो अस्पताल निर्माण थालेका थिए । आफ्नी आमाले क्यान्सरका कारण ज्यान गुमाउनु परेको पिडा याद गर्दै अब आउँदा दिनमा अरुले यस्तो भोग्नु नपरोस भनेर उनले अस्पताल निर्माण गरेका हुन् । तपाँईलाई जानकारी गराउँ यो अस्पताल चन्दाको भरमा चल्ने गर्दछ ।

पाकिस्तान तथा अन्य देशका सहयोगी मनहरुको कारण यो अस्पताल निर्वाध रुपमा चलिरहेको छ । आफ्ना जीवनकालमा धेरै संघर्ष देखेका खानका मनमा परिश्रम गर्नेहरुको स्थान छुट्टै स्थान रहेको छ । यो बीचमा पाकिस्तानीहरु लामो मय देखि खाडीमा रगत पसिना बगाइरहेका छन् । तर विभिन्न गल्तीका कारण उनीहरु जेल जीवन विताउन बाध्य भइरहेका छन् । आजका दिनमा खाडीमा काम गर्ने नेपालीहरुको पनि यो एक समस्या हो । अर्काको देशमा नजानेर पनि गल्ती गर्दा त्यस देशको नियम कानुन अनुसार जेल सजाय काट्नुपर्ने हुन्छ । यस्तै जेल सजाय काट्दै आएका ८,६०८ जनालाई खानले रिहा गरेका छन् ।

साउदी, कतार, दुबई, मलेसिया, कुवेत र इरानमा काम गर्दै आएका पाकिस्तानी कैदीहरु रिहा भएका हुन् । प्रधानमन्त्री भएको एक वर्ष पुरा भैसक्दा यति धेरै संख्यामा खानले रिहा गराएका हुन् । यी देशहरुसँग कुटनीतिक रुपमा छलफल गरेर प्रधानमन्त्री खानले विदेशी जेलमा बन्द पाकिस्तानीलाई छुटाएका हुन् । उनले गरेको यस कार्यको पाकिस्तानमा मात्रै नभई विश्वभर तारिफ भइरहेको छ । यदी हरेक देशको सरकार आफ्ना नागरिकप्रति यति जिम्मेवार हुने हो भने सायद विनाकारण कसैले विदेशका दुःख पाउँनुपर्ने थिएन ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चर्चा विश्वभर भइरहेको छ ।

पूर्व खेलाडीसमेत रहेका खानले राजनीतिमा आएपछि धेरै राम्रा कामहरु गर्न सफल भएका छन् । पुर्व क्रिकेट कप्तान र सन १९९२ मा विश्वकप जित्न सफल खानले सौखत खानम अस्पताल बनाएका छन् । पाकिस्तानका विभिन्न शहरहरुमा यो अस्पतालले ७५ प्रतिशत भन्दा धेरैको क्यान्सर रोगको निःशुल्क उपचार गर्दै आइरहेको छ ।आफु खेलाडी हुँदा नै उनले आफ्नी आमाको मृत्युपछि उनैको यादमा यो अस्पताल निर्माण थालेका थिए । आफ्नी आमाले क्यान्सरका कारण ज्यान गुमाउनु परेको पिडा याद गर्दै अब आउँदा दिनमा अरुले यस्तो भोग्नु नपरोस भनेर उनले अस्पताल निर्माण गरेका हुन् । तपाँईलाई जानकारी गराउँ यो अस्पताल चन्दाको भरमा चल्ने गर्दछ । पाकिस्तान तथा अन्य देशका सहयोगी मनहरुको कारण यो अस्पताल निर्वाध रुपमा चलिरहेको छ । आफ्ना जीवनकालमा धेरै संघर्ष देखेका खानका मनमा परिश्रम गर्नेहरुको स्थान छुट्टै स्थान रहेको छ ।

यो बीचमा पाकिस्तानीहरु लामो मय देखि खाडीमा रगत पसिना बगाइरहेका छन् । तर विभिन्न गल्तीका कारण उनीहरु जेल जीवन विताउन बाध्य भइरहेका छन् । आजका दिनमा खाडीमा काम गर्ने नेपालीहरुको पनि यो एक समस्या हो । अर्काको देशमा नजानेर पनि गल्ती गर्दा त्यस देशको नियम कानुन अनुसार जेल सजाय काट्नुपर्ने हुन्छ । यस्तै जेल सजाय काट्दै आएका ८,६०८ जनालाई खानले रिहा गरेका छन् ।साउदी, कतार, दुबई, मलेसिया, कुवेत र इरानमा काम गर्दै आएका पाकिस्तानी कैदीहरु रिहा भएका हुन् । प्रधानमन्त्री भएको एक वर्ष पुरा भैसक्दा यति धेरै संख्यामा खानले रिहा गराएका हुन् । यी देशहरुसँग कुटनीतिक रुपमा छलफल गरेर प्रधानमन्त्री खानले विदेशी जेलमा बन्द पाकिस्तानीलाई छुटाएका हुन् । उनले गरेको यस कार्यको पाकिस्तानमा मात्रै नभई विश्वभर तारिफ भइरहेको छ । यदी हरेक देशको सरकार आफ्ना नागरिकप्रति यति जिम्मेवार हुने हो भने सायद विनाकारण कसैले विदेशका दुःख पाउँनुपर्ने थिएन ।