दक्षीण कोरीयाले आफ्नो जन्म दीन मनायो

प्रकाशित मिति:

अमृत पाण्डेय

काठमाडौ । नेपालको मीत्र राष्ट्र दक्षीण कोरीयाले आफ्नो गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । अक्टोवर २ का दिन काठमाडौको होटल हिमालयमा आयोजीत दक्षीण कोरीयाको गणतन्त्र दिवसको अवसर पारेर आयोजीत कार्यक्रममा उपराष्ट्रपती सम्माननीय नन्दवहादुर पुनले नेपाल र कोरिया विच राम्रो सम्वन्ध रहेको वताउदै आगामी दीनमा अझै समधुर सम्वन्ध हुने विश्वास प्रकट गर्नु भयो । उहांले नेपाललाई कोरीयावाट भएको राम्रो सहयोग को प्रशंसा गर्दै आगामी दीनमा यस्तै खालको सहयोग अझै वढ्ने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा दक्षीण कोरियाका महामहीम राजदुत  Park young sik  ले नेपाललाई हर प्रकारको सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । दक्षीण कोरीयामा हाल ३५ हजार नेपाली कामदार कार्यरत भएको र ३० हजार कोरीयाली हरु नेपालमा भ्रमण गर्न आउने गरेको दुतावासका सिनीयर काउन्सिलर डेनीस काङ् denis kang  ले जानकारी दीनु भयो । आगामी दिनमा नेपाली प्रती कोराीयाली रोजगार दिने कम्पनीको विश्वस वढेर जाने काउन्सीलर काङ विश्वस व्यक्त गर्नु भयो । नेपालीहरुमा कोरीयाप्रती वढ्दै गएको आपसी मीत्रताका साथै कोरीया प्रायदीपमा भएको शान्तीको प्रयासमा नीपालीको समर्थनको उहाले खुलेर प्रशंसा गर्नु भयो ।