चिनियाँलाई नाकाबाट नेपाल प्रवेशमा रोक

प्रकाशित मिति:

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि तातोपानी र रसुवागढी नाकाबाट नेपाल आउने पर्यटकलाई रोक लगाइएको छ । दुवै देशको आपसी सहमतीमा रोक लगाइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार १५ दिनका लागि रोक लगाइएको हो । उनका अनुसार सो क्षेत्रबाट नेपालबाट चीनतर्फ जाने नेपाली नागरिकका हकमा पनि यो व्यवस्था लागु हुनेछ । शर्माले भने,‘‘चीनतर्फ लोसार पर्व पनि रहेछ । सडकको अवस्था पनि राम्रो छैन ।

कोरोनाको संक्रमणको जोखिम पनि छ । त्यसैले केही समयका लागि आवतजावत रोक्न सहमत भएका हौं ।’’

थप समाचार