अमेरीका । जनवरी २९, २०२० बिहान ब्रुकलिन बोरो प्रेसिडेटं को कार्यलयमा गीरीजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका को डेलिगेसन ब्रुकलिन बोरो प्रेसिडेटंको मिटिङ मा सहभागी भएको छ। उक्त मिटिङमा ब्रुकलिन बोरो प्रेसिडेटंको तर्फवाट रयान लिन्च-चिफ अफ स्टाफ र दिलिप चौहान-डाईरेक्टर साऊथ ईस्ट ऐसियन एफियर्स थिए भने फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र पास्टर ऐमानुयेल एस्से सहभागी थिए। लगभग एक घण्टा चलेको उक्त बैठकमा फाउण्डेशन ले एक ब्रिहत कार्यक्रम को योजना गर्ने बारे छलफल भएको थियो। न्यु-यार्क शहरमा सुरक्षा सुधार कसरी गर्न सकिनछ भन्ने विषयमा मेयर, पुलिस कमिसनर, सबै बोरोका प्रेसिडेटं एवम् न्यु-यार्क शहर भरिका सबै धर्मको धार्मिक गुरुहरु र सबै समुदायका नेताहरु सगं बिचार- बिमर्ष गोष्ठी गर्ने वारे निकै महत्वपुर्ण सुझाव र सरसल्लाह हरु आदानप्रदान भएको जानकारी अध्यक्ष घिमीरे दिनुभयो।









