असोज २३ काठमाडौं । विश्वकप टी–२० क्रिकेट छनोट अन्तर्गतको एशिया क्षेत्र बीको चौथो खेलमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ। मलेसियाको यूकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले भुटानलार्इ १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्यो। प्रतियोगितामा यो नेपालको लगातार चौथो जित हो।
यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ अोभरमा अलअाउट हुँदै ३३ रनमै समेटियो। उसका तेन्जिङ वाङचुक जुनियरले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका ललितनाराण राजवंशी र सन्दीप लामिछानेले समा ३-३ तथा बसन्त रेग्मीले २ विकेट लिए। ललितले चार अोभरको स्पेलमा २ अोभर मेडन राख्दै ४ रनमात्रै खर्चिदा सन्दीपले पनि ४ अोभरको स्पेलमा २ अोभर मेडन फाल्दै ६ रनमाै दिएका थिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अोपनर प्रदीप एेरीको ७५ रनको पारीमा निर्धारित २० अोभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो। ६८ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह एेरीले १५, अारिफ सेखले १३ तथा करण केसीले ११ रन जोडेका थिए।
असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन्। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, साहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन्।










