लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थान द्वारा काठमाडौंको बसन्तपुर अासपास, असन, माहनकाल र काठमाडौं का विभिन्न ठाउँहरुमा निःशुल्क कपडा वितरण गरेको छ । जाडोको कारण अकलमा ज्यान गुमाउनेको संख्या एक महिनामा २० जना भन्दा बढी रहेको छ । सडक पेटिमा रात काट्नेहरु धेरै भेटिन्छन प्राय मृत्यु हुनेमा त्येही सडकमा रात बिताउनेहरु रहेको छ । यसैलाइ आधार बनाएर हामिले जाडोको लागि न्यानो कपडा वितरण गर्ने कार्यक्रम सन्चालन गरेका छन।
अटल पिङ्गलास्थान का प्रेसिडेन्ट रामेश्वर शर्मा भुर्तेलको अघ्यक्षतामा काठमाडौं जिल्लाको महानगरपालिका मा रहेका ३० जना सडक पेटिमा रात काट्नेहरुलाई तिस थान कपडा बितरण गरिएको थियो । रातको १० बजे कार्यक्रम समापन भएको थियो। यस कार्यक्रममा सहयोगको भुमिका दिनुभएको थियो। धुलिखेल PRO राइडर्स धुलिखेल र SBL शिक्षण संस्था उपस्थिती रहेको थियो । एक थुकी सुकि सय थुकी नदि” एकजना बाट सहयोग गर्दा केही नहोला तर हामी सबैजना भएर सहयोग गर्न सके अबस्य पनि कार्यक्रम सफल पार्न सकिन्छ । धेरै नसकौला तर थोरै भए पनि सहयोग गर्न अबस्य पनि सकिन्छ ।
हाम्रो नारा
देशैभरि कोहीपनि जाडोले कठ्याङ्ग्रिएर मर्नु नपरोस्।
तपाईंको पुरानो कपडा कसैको लागि नयाँ हुने गर्छ।
घरमा थन्किएर,ढुसी पारेर दराजमा राखिएका आफूलाई प्रयोगमा नआएका तर आर्थिक अवस्था कमजोर भएकालाई पुनप्रयोगमा आउने कपडा निशुल्क कपडा बैंक मा दिएर सेवा गरी पुण्य आर्जन हुने दराज









