खुमन र इन्दिराको आवाजमा लाहुरे बजारमा (भिडियो)

प्रकाशित मिति:

सबलपोस्ट असोज २३ बुटवल । हिन्दुहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर विदेशिएका दाजुभाईहरुको घर फर्कने क्रम तिव्र बढेको आभास हामी सबैलाई हुन्छ चाडपर्वको यो खुशीयाली आफ्नो घरपरिवार तथा मायालुसंग साट्न पाउनु झनै रमाइलो नै हुने गर्छ ।

यस्तै यस्तै भावलाई समेटेर मालती डिजिटलको प्रस्तुतिमा चर्चित गायक खुमन अधिकारी र इन्दिरा गैरेको सुमधुर आवाजमा अत्यन्तै रमाईलो दोहोरी लाहुरे शिर्षकमा बजारमा आएको छ जसमा नब सर्जक श्याम केसीको लय शब्द रहेको छ भने लगानी पनि श्याम केसी कै रहेको छ गीतमा लाहुरे घर फर्केपछि गाउमा दोहोरी गाउने माया प्रेम साटासाट गर्ने लगायतका शब्दले गीत अत्यन्तै रमाइलो बनेको छ ।

टंक केसीको छायाँकन, विकाश ज्ञवालीको सम्पादन , मदन खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमन्त मेलिना , जगनारायण र सुदिक्षाको अभिनय रहेको छ ।

भिडियो सहित:-