छतबाट खसेर १५ महिने बालिकाको मृत्यु

प्रकाशित मिति:

बागलुङ – बागलुङ नगरपालिका-१ रामरेखामा घरको छतबाट खसेर १५ महिने बालिकाको मृत्यु भएको छ । पुतली विककी १५ महिने शिशु दिपसिना विकको आइतबार एक तल्ले घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । पुतली रामरेखामा बसोबास गर्दै आएकी आफन्त सिता विकको घरमा आएको बेला उक्त घटना घटेको हो ।

घरको छतमा खेलिरहेकी बालिका खसेपछि उनलाई धौलागिरी अञ्चल अस्पताल पुर्याइएको थियो । थप उपचारका लागि विकलाई मणिपाल शिक्षण अस्प्ताल पोखरामा पठाइ पनि अस्पतालले रातिनै मृत घोषणा गरेको थियो ।

थप समाचार