प्रेम कार्कीको निर्देशनमा लघु चलचित्र सन्त्रास ३ को छायांकन सम्पन्न , फस्ट लुक सार्बजनिक

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – पछिल्लो समयमा लघु फिल्म बनाउने र त्यसको सिरिजहरु निर्माण हुने क्रम बढिरहेको छ । युट्युबमा यस्ता किसिमका सामग्रीहरु दर्शकहरुले रुचाउँन पनि थालेका छन । यसै क्रममा सन्त्रास नामक लघु चलचित्रको तेस्रो सिरिज सन्त्रास ३ को छायांकन सम्पन्न भएको छ । निर्देशक प्रेम कार्कीले कलाकारहरुलाई निकै मिहेनतका साथ एक्सन कट गराए । आफुले मिहेनतका साथ् गरेको काममा दर्शकहरुले राम्रो साथ् दिने आफु विश्वस्त रहेको निर्देशक कार्कीको भनाई छ ।

देशमा हुने बन्द हड्तालको बेला आईपर्ने दुख कस्टको बारेमा उक्त लघु चलचित्रमा देखाउन खोजिएको छ । प्रेम कार्कीकै लेखन अनि निर्देशनमा उक्त सिरिजको छायांकन गरिएको हो ।हालै उक्त सिरिजको फस्ट लुक पनि सार्बजनिक गरिएको छ । तेस्रो सिरिजलाई बिश्व गुरुङले निर्माण गरेका हुन् । उक्त सिरिजमा बिनय उदय , सुदिप गौतम , प्रेम गुरुङ ,भुवन खड्का ,प्रिती बिश्वकर्मा , मनिषा सुनार , बिश्व गुरुङ , बिपना परियार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।अब लगातार सिरिजलाई प्रदर्शन गरिने प्रेम बताउछन । उक्त लघुचलचित्रलाई दिपक परियारले छायांकन गरेका छन भने सम्पादन पनि दिपक परियारको नै हुनेछ ।