सबलपोस्ट/बुटवल – हिजोआज शरिर स्वच्छ राख्न मात्र होइन आर्कषक देखिन पनी जिम धाउनेहरुको सङख्या बजारमा दिन दुगुना रात चौगुना बढीरहेको छ । यो सङख्या बढीरहदा उत्कृष्ट सेवा सुबिधासगै जिम हाउस र हेल्थ क्लबहरु खुल्ने क्रम पनी ह्वात्तै बढेको छ । यसैबिच अत्याधुनिक सेवा सुबिधासगै रुपन्देहीको तिलोत्तमा शंकरनगरमा एक बर्ष अगाडी स्थापना भएको फिजिकल फिटनेश एण्ड ब्युटी सेन्टरले छोटो समयमा आफुलाइ लोकप्रिय बनाएको छ ।

झण्डै २ करोडको लगानीमा स्थापना भएको ब्युटी सेन्टरमा जिमका लागी चाहिने अत्याधुनिक मेशिनमात्र होइन उत्कृष्ट प्रशिक्षकद्धारा स्पेशल प्याकेजमा ट्रेनिङको ब्यबस्था पनी गरिएको छ । सुरज थापा,मनोजसिंह ढकाल,बृहस्पती बराल र निरज थापाको सयुक्त लगानीमा स्थापना भएको हेल्थ क्लबमा मोटोपन घटाउन दौडीने देखी साउना र कर्मसियल ट्रेडमिलको प्रयोग गर्न बिभिन्न क्षेत्रका मानीसहरु पुग्ने गरेको सन्चालकहरु बताउछन ।
फिजीकल फिटनेश एण्ड ब्युटीमा लामो समयदेखी यसै क्षेत्रमा काम गरेका लेभल टु पास गरेका चर्चित प्रशिक्षक सुरज थापाले दिनहु प्रशिक्षण दिइरहेका छन । हामी सबै क्षेत्रका मानीसहरुलाइ फुड डाइटिङदेखी लिएर वल्र्डक्लासका इक्युमेन्टमा सिकाइरहेका हुन्छौ, प्रशिक्षक थापा भन्छन – १५ सयदेखी प्याकेज अनुसार सेवा दिएका छौ । दैनीक २०० ले ट्रेनिङ लिइरहेका छन । ” त्यसो त सर्टिफाइड ब्यक्तिको प्रत्यक्ष प्रशिक्षणका कारण फिजीकल फिटनेश एण्ड ब्युटीमा आर्कषण बढेको सेवाग्राही तथा युवा ब्यबसायी अर्जुन केसीले सबलपोष्टलाइ जानकारी दिए । ब्यबसायी मात्र होइन राजनितीकर्मीदेखी समाजसेबी सगै सबै क्षेत्रका मानीस फिजिकलमा पुग्ने गरेका छन ।

राजनीतीकर्मी पंकज राइका अनुसार प्रदेश पाचकै उत्कृष्ट हेल्थ क्लबका रुपमा आफुले पाएको बताउदै प्रशिक्षक सुरज थापाको खुलेर प्रशंसा गरे । १६ ,१७ राष्ट्र पुगेका थापा आफनै ठाउमा आएर हेल्थसेक्टरमा लागेको देख्दा र आफुहरुले नया प्रबिधिमार्फत सेवालिन पाउदा थपा खुसी लागेको उनी सुनाउछन । प्रदेश पाचकै सर्बोउत्कृष्ट हेल्थ क्लबका रुपमा अगाडी आएको फिजिकलले आगामी दिनमा नया नया प्रशिक्षकमार्फत बिश्वस्तरीय सेवा दिने योजना बनाएको सन्चालक सुरज थापाले बताए । फिजीकल फिटनेशमा डाइट प्लानदेखी इन्डिभ्युजल केयरीङका कारण पनी हिजोआज बिहान साझ शंकरनगरतीर धाउनेहरु बढ्दै गइरहेका छन ।














