जिन्दगीमा यस्तो मान्छे माथि कहिल्यै अन्याय नगरनुस् , जो संग गुहार्नका लागि भगवान बाहेक अरु कोही छैन
१. एउटा मुर्खलाई जति नै प्रमाण देखाए पनि राजि गराउन सकिदैन ।
२. बच्चाको डायपर र नेता समय-समयमा फेरिरहनु पर्दछ- र, यी दुवै फेर्नुको कारण भने एकै हो ।
३. जिन्दगी छोटो छ यसैले, नियममा बाधिएर नबस्नुहोस । माफ गर्नमा समय नलगाउनुहोस, आरामसँग चुम्वन गर्नुहोस, हृदयदेखि प्रेम गर्नुहोस, थाम्नै नसकिनेगरी खुलेर हाँस्नु होस, र जुन चिजले तपाईको ओठमा मुस्कान ल्याएको छ त्यो चिज प्रति खेद नगर्नुहोस ।
४. दया त्यो भाषा हो जुन बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ ।
५. मूर्खसँग कहिल्यै पनि वहस नगर्नुहोस । पहिले त उनीहरुले तपाईलाई उनीहरुको स्तरसम्मै गिराउनेछन त्यसपछि आफ्नो अनुभवको लौरोले मरणासन्न हुने गरि कुट्नेछन् ।
६. जिन्दगीमा दुईवटा दिन तपाईको सबैभन्दा महत्वोपूर्ण छन्, पहिलो तपाई जन्मिएको दिन र दोस्रो तपाईको जन्मको अर्थ थाहा भएको दिन ।
७. हरेक दिनलाई तपाईको जिन्दगिको सबैभन्दा शुन्दर दिन सावित गर्ने मौका प्रदान गर्नुहोस ।
८. यदि तपाईले समाचार पढ़नुहुँदैन भने तपाई सूचनावाच वन्चित हुनुहुने छ तर यदि समाचार पढनुहुन्छ भने गलत सूचनाले सिंचित हुनुहुने छ ।
९. तपाईलाई मुर्ख ब्नाइएको छ भनेर मानिसलाई सम्झाउनु धेरै गाह्रो छ आफैले अर्को तरिकाबाट मुर्ख बनाउनु निकै सजिलो हुन्छ ।
१०. तपाईले केहि मान्छे भेट्नु हुन्छ जसले तपाईलाई विर्सिदिन्छन, केहि तपाईलाई भेटेका मानिसलाई तपाईले बिर्सिदिनु हुन्छ तर कहिलेकाही तपाईले केही यस्ता मानिस भेट्नुहुन्छ जसलाई तपाईले कहिल्यै विर्सन सक्नुहुन्न ति नै वास्तवमा मित्र हुन् ।
११. जति म मान्छेको बारेमा बुझ्दछु उति नै मलाई मेरो कुकुर ज्यादा प्रिय लाग्दछ ।
१२. महान चिज त्यतिबेला सम्पन्न हुन्छन जब तपाईले यसको जस कल्ले पाउछ भन्ने कुराको वास्ता गर्नुहुन्न ।
१३. सुँगुरसँग लड्ने काम नगर्नुहोस, लड़नु भयो भने दुवै फोहोर हुनु हुने छ तर सुँगुरलाई भने त्यो फोहोर निकै मनपर्नेछ ।
१४. यदि भोटले परिवर्तन ल्याउथ्यो भने उनीहरुले हामीलाई भोट गर्न नै दिने थिएनन्
१५. यदि तपाईसंग जे गलत छ त्यसलाई परिवर्तन गर्ने हिम्मत छैन भने यसको आलोचना गने अधिकार पनि तपाईसँग रहदैन ।
१६. एक औसत महिलाले व्रेनको ठाउमा व्युटी रोज्नेछिन किनकि एक औसत पुरुषले देख्न राम्रोसँग सक्दछ तर सोच्न सक्दैन ।












