डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् ।उनले आफ्नी १६ वर्षीया छोरीलाई डराइ, धम्काइ विगत ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए ।
आफन्तको सहयोगमा पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।प्रहरीले पक्राउ परेका पुरुषलाई मंगलबार जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको अनुमति पाएको छ ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणीअन्तर्गत अनुसन्धान शुरु गरिएको छ ।









