१४ वर्षीया बालिका बलात्कारको आरोपमा चौधरी पक्राउ

प्रकाशित मिति:

असोज २३ इटहरी- सुनसरीको दुहबी नगरपालिका–८ छिटाहाका ३० वर्षीय प्रमोद चौधरीलाई बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इटहरी उप–महानगरपालिका–१३की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहबीले चौधरीलाई पक्राउ गरेको हो।

बालिकालाई ललाई फकाई तथा धाक/धम्की देखाएर गरी इटहरी ९ स्थित गोधुली होटलमा लगेर चौधरीले बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडित परिवारको उजुरीको आधारमा चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका चौधरीको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

थप समाचार