काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा आफ्नो दबाबलाई कायमै राखेको छ । टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३६ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाउँदै रन बनाएको छ ।
खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ४९ रनको साझेदारी गर्दै इनिङ उकासि रहेका छन् । नदीम ३१ र र गौड २४ रनमा खेलि रहेका छन् । ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवन दानपाए ।
तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाए । तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे । शरद भेषवाकरले डाइरेक्ट प्रहार गरेको थ्रो स्टम नजिकैबाट बाहिरिएपछि रन आउट बाट जोगिएका थिए ।
तेस्रो ओभरमा करणले १ रन दिदै थप दबाबमा राखे । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । आठौं ओभरमा स्पिनर सन्दीप लामिछाने बलिङमा आएका थिए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल अझ हाबी बनेको हो ।
अकीबले ३४ बलमा २ चौका प्रहार गरे । पारस खड्काले १६ औं ओभर मेडन राखे । १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराए ।










