विपिको समाजवादलाई विस्तार गर्नु पर्छ : कोईराला 

प्रकाशित मिति:

 

स्याङ्जा \ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले समाज रुपान्तरणमा जोड दिनुभएको छ । महामन्त्री डा  कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोह भन्दा समाज रुपान्तरणको कडी बन्न चाहेको बताउनुभएको छ । स्याङ्जाको चापाकोटमा गरिएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको भन्दै विपिको अधुरो सपना पुरा गर्न कटिबद्ध रहेको बताउनुभयो ।

डा। कोईरालाले भन्नुभयो,विपिको समाजवादलाई विस्तार गर्नुछ, गरिब जनताको सारथी बन्नुछ नेपाली काँग्रेस” । ४० वर्ष बढी उमेर समुहका ६० प्रतिशत नागरिकहरुलाई काँग्रेसप्रति आर्कषित गर्नका लागी छुट्टै अवधारण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको विधान परिर्वतन हुँदैछ, ४० वर्ष माथिका नागरिकहरुको लागी विषेश विधान निर्माण गर्नु आवश्यक छ ।” गरिबी र समाज रुपान्तरणमा काँग्रेस एक ढिक्क भएर अगाडि बढ्न सके नेपालको सर्वश्रेष्ठ पार्टीको रुपमा स्थापित हुने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ, जिल्ला सचिव कुमार राना, महाधिवेसन प्रतिनिधि गुरु भट्टराई, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल लगायतले बोल्नुभएको थियो ।

चापाकोट नगरसभापति रामचन्द्र पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नगरप्रमुख शिव कुमार गिरी, धन्यवाद उपप्रमुख विमला श्रेष्ठ र सञ्चालन सचिव गौरव भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा ४ सय २८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

थप समाचार