निर्मलालाई न्याय माग्न प्रशासनमा धर्ना बसेका ८ पक्राउ

प्रकाशित मिति:

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारमाथि कारवाही माग गर्दै धर्नामा बसेका आठजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पन्तलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई प्रहरीले पक्राउ गरेको हो।

निर्मलाको न्यायिक आन्दोलनका घाइतेहरु, अधिकारकर्मीका रुपमा चिनिएकी शारदा चन्दसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रशासन आउजाउमा समस्या भएपछि पक्राउ गरिएको डिएसपी रवीन्द्र पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा चन्द, दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्ट र सुरेन्द्र देउवासहित छन्।

थप समाचार