काठमाडौँ – मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषदको बैठकले एक नम्वर प्रदेशमा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बर्तमान आईजीपी सर्बेन्द्र खनालले ३० बर्षे सेवा अवधीका कारण अनिर्वाय अवकास पाएपछि ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । आईजीपी खनाल सहित ३ एआईजी र १८ डिआईजीले अनिर्वाय अवकास पाएका छन ।









