बहिनीको‘इन्गेजमेन्ट’ का लागि चितवन जाँदै थिइन् दुर्घटनामा ज्यान गुमाएकी अभिनेत्री महिमा
बुटवल – बुधबार साँझ स्कुटी दुर्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको निधन भएको छ । गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा घाइते महिमाको उपचारको क्रममा मृत्यु भएको थियो भने घाइते शर्मिलाको काठमाडौं स्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ गी’तानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए ।
चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गर्दा दुर्घटना भएको थियो । पारिवारिक स्रोतका अनुसार दुर्घटनामा निधन भएकी अभिनेत्री महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।









