साउदी–यूएई गठबन्धन सेनाको आक्रमणमा ३० यमनीको मृत्यु

प्रकाशित मिति:

साउदी/यूएई नेतृत्वको संयुक्त सैनिक गठबन्धनको हवाई कार्बाहीमा कम्तिमा ३० यमनी सर्वसाधारणको मृत्यु भएको छ। हुथी विद्रोहीका अनुसार शनिबार अल–जफ प्रान्तमा साउदी–यूएई नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा ती नागरिकको ज्यान गएको हो।सेनाको आक्रमणपछि जवाफस्वरूप उक्त लडाकु विमान मिसाइल आक्रमणमा खसालिएको हुथी विद्रोहीले जनाएको छ।

हुथी विद्रोहीले ३० जनाको ज्यान गएको भने पनि संयुक्त राष्ट्रसंघले ३१ जनाको ज्यान गएको बताएको छ। ‘प्रारम्भिक स्थलगत विवरणले ३१ जना नागरिकको ज्यान गएको र अरू १२ जना घाइते भएको देखिन्छ’, यमनका लागि संयुक्त राष्ट्रसंघका संयोजकले भने। एक वक्तव्य जारी गर्दै उनले घाइतेहरूको उपचार गर्न अस्पताल लगिएको छ भने कतिपयलाई राजधानी साना लगिएको छ।हुथी समूहले राष्ट्रपति अबद–रब्बु मन्सर हादीका विरुद्ध विद्रोह गर्दै आइरहेका छ। उसले राजधानी साना कब्जा गरेर बसिरहेको छ। राष्ट्रपति हादीलाई समर्थन गर्दै साउदी–यूएई नेृतत्वको सेनाले त्यहाँ २०१५ देखि आक्रमण गर्दै आइरहेको हो।