सल्यानमा किशोरीको घाँटी रेटेर हत्या

प्रकाशित मिति:

सल्यान – शुक्रबार सल्यानमा एक किशोरीको हत्या भएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रा निवासी अन्दाजी १६–१७ बर्षीया कविता बोहराको हत्या भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनको घाँटीको स्वासनली काटेर हत्या भएको जानकारी दिए।

‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने। अभिभावकका अनुसार शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन्। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

रातको एक बजेतिर कविताका भतिजा (बालक) बिरामी भएर वान्ता गर्न थालेपछि कविताको खोजी सुरु भएको थियो। ‘परिवारका सदस्य कवितालाई उठाउन भनि उनको कोठामा जाँदा नदेखपछि खोज्दै जाँदा घरदेखि १५ मिटर जतिको दुरीमा रहेको भकारो नजिकै मृत अवस्थामा फेला परेको हो,’ खतिवडाले भने । घटनावारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।

थप समाचार