अमेरिकन आइडलमा तहल्का पिट्दै नेपाली गायक दिवेश पोखरेल, शीर्ष २० भित्र चुनिए {भीडियो}

प्रकाशित मिति:

बुटवल –   विश्वकै चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा काठमाण्डौंमा जन्मिएका दिवेश पोखरेलले आफ्नो प्रस्तुति देखाएका छन् । उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० भित्र परेका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् । उनी शीर्ष २० भित्र परेका छन् । २० वर्षीय पोखरेल पाँच वर्षअघि अमेरिका गएका उनी हाल क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । काठमाण्डौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

भीडियो :