हिजो गइसक्यो, भोलिआएकै छैन, हामीसँगआज छ । आऊ यसैलाई मनाऔं ।

प्रकाशित मिति:

मदर टेरेसा  १। यो जीवनअरूकालागिहोइनभने यो जीवन नै होइन । २। शान्ति मुस्कानबाट सुरूवात हुन्छ । ३। हिजो गइसक्यो, भोलिआएकै छैन, हामीसँगआज छ । आऊ यसैलाई मनाऔं । ४। यदितिमीले सयजनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५। सबैभन्दा ठूलो रोग कसैकालागि केहीबन्ननसक्नु हो । ६। विश्वशान्तिकालागितिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर । ७। हामीसँगशान्ति छैन किनभने हामीले यो बिर्सियौं किहामी एक अर्काकालागिहौं । ८। रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
९। यदितिमीले व्यक्तिलाई मूल्यांकनगर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ । १०। प्रेम सबैले टिप्नसक्ने सदावहार फलहो ।

विन्सटन चर्चिल
१। निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामाअवसर देख्छ ।
२। सफलताकातीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाऊ, दुई, कहिल्यै हरेस नखाऊ र तीनकहिल्यै हरेस नखाऊ ।
३। यदिहामीले विगत र वर्तमानबिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्यगुमाएको पाउनेछौ ।
४। हावाको चापजति बढी हुन्छ, उति नै चंगामाथिउड्न सक्छ ।
५। हामीअव्यक्तशब्दकामालिकहौं तर तीशब्दहरूको नोकर जुनहाम्रो जिब्रोबाट चिप्लिएकाथिए ।
६। राजनीतिकुनै खेलहोइन, यो त कमाइहुने व्यापार हो ।
७। इतिहास सधैं विजेताहरूबाट लेखिएको हुन्छ ।
८। एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमातिमी एकपटक मात्रमर्न सक्छौ तर राजनीतिमा, पटकौंपटक ।
१०। छोटाशब्दहरू राम्रा हुन्छन् र पुरानाशब्दहरू सबैभन्दा राम्रा ।

अब्राहमलिंकन
१। प्रजातन्त्रभनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्दति हो ।
२। मलाई रूख ढाल्न ६ घण्टा देऊ र म पहिलो चार घण्टा बन्चरो उदाउनलगाउनेछु ।
३। मित्रत्यो हो जसको तिम्रो जस्तै समानशत्रु हुन्छ ।
४। भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्यआउँदछ ।
५। मेरो चिन्तातिमीअसफलभएकाप्रतिहोइनकिअसफलताकाबाबजुदतिमीले नदिएको निरन्तरताप्रति छ ।
६। अन्त्यमा यो गनिदैन किजीवनमाकतिवर्ष बाच्यौं बरू यो गनिन्छ किवर्षमाकतिजीवनबाँच्न सक्यौं ।
७। आफैमाविभाजित गृह कहिल्यै पनिमाथि उठ्न सक्दैन ।
८। तिमीले सबै व्यक्तिलाई केही समय र केहीव्यक्तिलाई सधैंभरी मूर्ख बनाउन सक्छौ, तर सबैलाई सधैंमूर्ख बनाउन सक्दैनौं ।
९। म अहिले जहाँ छु र जे बन्ने बन्ने आशामा छु, यसकालागि म मेरी आमाप्रति रिणी छु ।
१०। म मेरी आमाकाप्रार्थनाहरू अझै सम्झन्छु,जसले मलाई पच्छ्याइरहन्छन् । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।