असोज २६, २०७५ काठमाडौं– बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकाको मुलकोट भन्ने स्थानमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सिन्धुलीकाे मरिङ भन्ने ठाउँबाट काठमाडौंका लागि हिँडेको ना ६ ख ९१२ नम्बरको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाका अनुसार बस सुनकोशी नदीमा खसेको छ ।
यात्रुहरुको उद्दार भइरहेकाले घाइते हुनेहरुको संख्या यकीन भइनसकेको प्रहरी निरीक्षक झाले जानकारी दिए ।












