गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला

प्रकाशित मिति:

गुल्मी /गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर १ नयाँगाउमा बेवारिसे शव फेला परेको छ ।शुक्रबार दिउँसो १ बजेतिर साविकको नयाँगाउ गाविस वडा नम्बर १ स्थित अन्दाजी ७० बर्षीय बृद्धको अर्धनग्न अवस्थामा शव फेला परेको वडासदस्य चेतमान कुँवरले जानकारी दिए ।

घाँस९दाउरा गर्न जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ईलाका प्रहरी कार्यालय, पुर्कोट दहको टोलि घटनास्थलमा पुगेको र मुजुल्का उठाई पोष्टमार्टमको लागि तम्घास लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।