आर्थिक हिनाबिना गरेको भन्दै अध्यक्ष दिनकर नेपाल बिरुद्ध पर्यो उजुरी

प्रकाशित मिति:

स्याङजा,१८ फाल्गुण – अन्तराष्ट्रिय वालिङ—१०० माउन्टेन बाईक प्रतियोगितामा भएको आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेको छ । गत बर्षको फाल्गुणमा भएको अन्तराष्ट्रिय माउन्टेन वाईक(walling 100 ultimate MTB challenge﴿ नामक प्रतियोगिता आयोजना गरिएको थियो । वन्डर फुल वालिङ पर्यटन विकास संस्थाका सदस्यहरुले नै आर्थिक हिनामिना भएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकाहुन् । संस्थाका अध्यक्ष दिनेश तिवारी उर्फ दिनकर नेपालले उक्त प्रतियोगिताको आम्दानी तथा खर्चको बारेमा अन्य कुनै पनि सदस्यलाई जानकारी नदिएको बताईएको छ ।  संस्थाका सदस्य गणेश राउतले वालिङ नगरपालिकामा छानबिन र कारवाहीको माग गर्दै उजुरी दिए पछि सस्था भित्रको आर्थिक हिनाबिनाको बिषय सार्बजनिक भएको हो ।

सदस्य राउतले जिल्ला प्रशासन तथा आन्तरिक राजस्व कार्यालयलाई समेत बोर्धाथ दिई उजुरी दिनु भएको हो । उजुरीमा अध्यक्ष दिनकर नेपाल सहितका पदाधिकारीहरुलाई कारवाहीको माग गरिएको छ । जसको आय व्यय गुमनाम पारेको आरोप लगाईएको छ ।त्यस्तै तदर्थ समितिको कार्यकाल ६ महिनाको हुने भए पनि लामो समय भित्र अधिबेशन नगरिएको,लेखा परिक्षण नगरिएको, भर्खरै सम्पन्न आन्तरिक पर्यटन तथा रमाईलो मेला २०७६ मा अनावश्यक बहानामा रकम खर्च गरिएको उल्लेख छ ।
केही समय पहिले संस्थाका सदस्य एवं स्थानीय पत्रकार मणि प्रसाद अर्यालले उक्त साईकलिङ प्रतियोगिताको आयव्य सार्बजनिक गर्न माग गर्दै फेसबुकमा स्टाटस नै लेखेका थिए । प्रतियोगितामा आर्थिक हिनामिना गरिएको भन्दै पत्रकार अर्यालको पोष्टमा कमेन्ट लेख्दै धेरैले चर्काे बिरोध समेत गरेका थिए । उनले तत्कालिन वण्डरफुल र अहिलेको अन्डरफुल अर्थात नराम्रो भन्ने रुपमा प्रस्तुत समेत गरेकाछन् ।

फेसबुकको मेसेन्जरमा सम्पर्कमा आएका उनले उनीमाथी लागेका आरोप गलत भएको वताएका छन् , भने मेरो चरीत्र हत्या गर्ने उदेश्यले विभिन्न गतीविधी भएको वताएका छन्  ।तर संस्था कै अन्य जिम्मेवार पदाधिकारीहरुलाई यसबारे सोधखोज गर्दा उक्त प्रतियोगिताको आर्थिक अवस्था बारे आफूहरुलाई जानकारी नभएको बताए  । केही समय पहिला उक्त संस्थाका अन्य सदस्यहरुको सक्रियतामा आयोजनामा गरिएको रमाईलो मेलामा समेत दिनकर नेपालले आर्थिक कमाई गर्न लागि परेको आरोप लागेको छ । पत्रकार अर्यालले समेत आफ्नो पोष्टमा केहि जत्थाको ढिपीका कारण समस्या आएको उल्लेख गरेकाछन् । उक्त संस्थाका एक जिम्मेवार सदस्यले भने अनुशार उक्त ढिपी गर्ने व्यक्ती उनै दिनकर नेपाल नै हुन् ।