बुटवल, २५ फागुन
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजले स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा रक्तदानको गरेको हो ।
ब्लड बैंकको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६५ जना ब्यक्तिबाट ६५ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक एंव समाजका सचिव बिकास टण्डनले बताए ।
सो अवसरमा बोल्दै समाजका अध्ययक्ष हुमनाथ ज्ञवालीले गुल्मी चारपाला स्थायी ठेगाना भई रुपन्देहीमा बसेर कर्म गरिरहेकालाई समाजमा एकाताबद्द बनाई अघि बडेको भन्दै एक वर्ष पुग्ने दौरानमा सघाउँने सबैलाई धन्यवाद दिए । साथै उनले समाजका हरेक सामाजिक कार्यमा अघि बढ्ने बताए ।
कार्यक्रममा समाजका पदाधीकारी, सदस्य र सल्लाहकार गरी ६५ जनाले रक्तदान गरेका थिए ।