श्रम मन्त्री विष्टले अघि सारे यस्तो योजना !

प्रकाशित मिति:

काठमाडौं २७ असोज – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवा परिचालन गरेर देशलाई समृद्ध बनाउने योजना पनि अघि सारेका छन् । उनले स्वाधिन, स्वतन्त्र र समृद्ध नागरिक बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए ।

शनिबार दशैंको अवसर पारेर काठमाण्डुमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको बताएका छन् ।

मन्त्री विष्टले गरिवी, अभाव र बेरोजगारी समस्या समाधान नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने पनि स्पष्ट पारे । उनले मुलुकको समृद्धिका लागि हरेकले योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।