काठमाण्डु, २७ असोज – सिन्धुली रातेमाटेमा बस दुर्घटना भएको छ । काठमाण्डुबाट गाइघाट जाँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातमाटेमा दुर्घटनामा परेको हो ।
बसमा ३० जना यात्रु सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार घटनामा एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य छ । बस तल नखसेर सडकमै दुर्घटना भएको हुँदा धेरै क्षति भने हुन पाएन ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसअघि हिजो मात्रै शुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको थियो ।












