मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा खनाल

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल असोज २७ । 

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अधिबेशनले धनपति (डिपि) खनालको सभापतित्वमा नया नेतृत्व चयन गरेको छ ।

१५ सदस्यिय कार्यसमितिको उपसभापतिमा कृष्ण चौहान क्षेत्री,सचिबमा अर्जुन ज्ञवाली,सहसचिबमा कपिल ज्ञवाली,कोषाध्यक्षमा खिमप्रसाद भट्टराइ (कृष्ण) रहनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन कुवर,लक्ष्मी घिमिरे,बाबुराम भुसाल,बिजु पौडेल (पाण्डे),मेघराज भट्टराइ,कृष्ण प्रसाद पाण्डे,कमला पाण्डे,धनकुमारी खनाल रहेका छन् ।

निर्वाचित समितिले २ जना सदस्य पछि मनोनित गर्ने निर्बाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्दै केन्द्रिय उपसभापति तथा केन्द्रिय प्रतिनिधि गोबिन्द खनालले मानव अधिकार तथा शान्ति समाजले देशमा शान्ति स्थापनाका लागि खेलेको भूमिका र दलहरुलाइ सही बाटोमा हिडाउने कामसंगै मानव अधिकारको रक्षाका लागि लाग्न आग्रह गर्नुभयो ।

बन्दसत्रमा सचिब तेजेन्द्र केसी र कोषाध्यक्षको प्रतिबेदन सभापति हरिष ढकालले प्रस्तुत गर्नुभएको थियो ।

सो अबसरमा  नव निर्वाचित सभापति डिपि खनालले संस्थालाई उचाईमा पुर्याउनेगरि काम गर्ने बताउनुभयाे ।

त्यस्तै  केन्द्रिय सदस्य कृष्ण पराजुली,अधिबक्ता महेन्द्र पाण्डे,प्राध्यापक गोपाल पाण्डे लगायतले बोल्नुभएको थियो ।