मिलन पंगेनी
चैत १, बुटवल । रोटरी क्लब अफ रुपन्देही, रोट्रयाक्ट क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा कोरोना भाइरस बिरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज ड्राइभर टोलको होटल टुलिपमा संयुक्त रूपमा बसेको बैठकमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विश्वमा हाल कोरोना भाइरसको प्रकोप दर्शाउँदै कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी अञ्चल अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट र प्रदेश नं. ५ का कोरोना भाइरस फोकल पर्सन डा. सुदर्शन थापाले कोरोना भाइरसले हाल विश्वमा पारेको असर बारे जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै थापाले ” कोरोना भाइरस अहिले सम्मकै विश्वमा तिब्र गतिमा फैलिँदै गएको भाइरस हो र यसको रोकथामका लागि विश्व चिकित्सक शास्त्रलाई नै चुनौतीको बिषय बन्न पुगेको छ ।” थापाले कोरोना भाइरसको संक्रमण बाट बच्न भीड भाड भएको ठाउँमा न जान साथै नियमित रूपमा साबुन पानीले हाथ धुन सुझाव दिनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ रूपन्देहीका वर्ष २०-२१ का अध्यक्ष रोट्रियन गौतम भुसालले जन मानसमा सामाजिक सञ्जालले रोग को त्रास गलत समाचार र आधिकारिक पुष्टि बिनाको समाचारले झन् बढुवा दिएको मा दुःख पोख्दै सम्पूर्ण लाई सामाजिक सञ्जालले गरेको असरबारे जानकारी गराउनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ रुपन्देही वर्ष १९-२० का अध्यक्ष रोट्रियन सुरज खत्रीले अब को केही दिनमा रोटरी क्लबले कोरोना भाइरस बिरुद्ध जनचेतनाको विकास गर्न पहल गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ रुपन्देही वर्ष १९-२० का अध्यक्ष रोट्रयाक्टर राजेश खरेल, रोट्रयाक्ट क्लब अफ राममणि मल्टिपल क्याम्पस वर्ष १९-२० का अध्यक्ष पार्बती पुन र रोटरी क्लब अफ रुपन्देही वर्ष १९-२० का अध्यक्ष रोट्रियन सुरज खत्री को संयुक्त अध्यक्षता साथै जेडआरआर मिलन भण्डारीको स्वागत सँगै रोट्रयाक्ट क्लब अफ रुपन्देही वर्ष १९-२० का सचिब रोट्रयाक्टर राम प्रकाश पाण्डे र रोटरी क्लब अफ रुपन्देही वर्ष १९-२० का सचिब रोट्रियन सुबोध भट्टराईको संयुक्त सञ्चालन साथै ५२ जना सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो ।












