दुबै मिर्गौला फेल भएका विकलाई सहयोगका लागी आग्रह

प्रकाशित मिति:

काठमाडौं । स्याङ्जा कालीगण्डकी–४ मगरपँधेरा निवासी दुबै मिर्गौला फेल भएर उपचारका क्रममा रहेका दलबहादुर विकलाई सहयोगका लागी उनले सवैलाई आग्रह गरेका छन्  दुबै मिर्गौलाले काम गर्न छाडेपछि विक दुईवर्षदेखि उपचारका क्रममा काठमाडौंमा छन् ।उनको उपचारमा सहयोगका लागि पूर्वविद्यार्थी समाजले सहयोगको शुरुवात गरेको नारायण पाण्डेले जानकारी दिए ।

विकलाई एक लाख ३३ हजार २०० रुपैयाँ सहयोग गरिएको हो । पूर्वविद्यार्थी समाजका अध्यक्ष जलेश्वर पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त रकम आइतबार हस्तान्तरण गरेको थियो । टोलीमा समाजका पदाधिकारीहरु कृष्णप्रसाद पाण्डे, भिमराज पाण्डेलगायतका थिए ।

विकको उपचारका लागि अझै पनि रकम उठाउने काम जारी रहेकाले फेरि पनि उनलाई आर्थिक सहयोग गर्ने तयारी रहेको समाजले जनाएको छ ।गरिब परिवारका विकको उपचारमा सहयोग पुगोस् भनेर पूर्वविद्यार्थी समाजका तर्फबाट रकम उठाएर हस्तान्तरण गरिएको समाजका अध्यक्ष पाण्डेले बताए ।उनलाई सहयोग गर्नका लागी उनको दल बहादुर विकको नाममा रहेको ग्लोवल आईएमई वैकमा रहेको खाता नं ८००७०१०००६०१५ मा जम्मा गर्न सकीन्छ भने ।पुर्व विद्यार्थि समाजका पदाधिकारी वा सदस्यलाई सम्पर्क गर्न सकीने नारायण पाण्डेयले जानकारी दिनु भएको छ ,थप बुझनु परेमा नारायण पाण्डेयको फोन नं ९८५१०६५६४१ मा सम्पर्क गर्न सकीने छ ।