बुटवल, चैत ११ । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले आफ्नो प्रकाशन बन्द गरेको छ । कोराना भाइरस (कोभिड १९) जोखिम बढ्दै गएपछि पत्रिका बन्द गर्ने निर्णय गरेको पत्रिकालले जनाएको छ ।
प्रवन्ध निर्देशक विरेन्द्र कुँवरले कोराना भाइरसको त्रास बढ्दै गएको र सरकारले समेत लकडाउन गरेकाले स्थिती सहज नहुँदासम्म तत्त्कालका लागि पत्रिकार प्रकाश नगर्ने बताए । बुटवलबाट विगत ७ वर्षदेखि प्रकाशित खस्यौली प्रत्येक हप्ताको विहिबार प्रकाशन हुँदै आएको थियो । खस्यौली साप्ताहिक प्रदेश न. ५ को क वर्गमा सूचीकृत पत्रिका हो। कोरानाका कारण रुपन्देहीका अन्य सञ्चारमाध्यम समेत प्रभावित भएका छन् । दैनिक पत्रिकाहरुले अनलाई संस्करणबाट सूचना दिन थालेका छन् ।









