काठमाडौं/आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखामा अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशको पश्चिमि भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।









