नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने सञ्चालक शर्माको घोषणा

प्रकाशित मिति:

बिराटनगर/विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस  कोभिड-१९संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ ।अस्पतालका सञ्चालक डा।सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन ।विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसको उपचारमा समस्या भइरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिने सञ्चालक शर्माले बताए ।

निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाईसमेत उपचार गर्न नमानेर समस्या व्यहोर्नु परिरहेको अवस्थामा शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन् ।निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् । शर्माले नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म दिने तयारीले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने सक्ने विश्वास आफूले लिएको बताए ।डा।शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा।भगवान कोइरालालाई बिहीबार पत्रसमेत पठाएका छन् ।शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ ।