प्रधानमन्त्रि ओलीले दशैंमा सर्वसाधारणलाई टिका लगाईदिने

प्रकाशित मिति:

काठमाण्डौँ । प्रधानमन्त्री केपी ओलीको दशैं कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री सचिवालयले आज निकालेको तालिकाअनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि छ ।
प्रधानमन्त्री ओलीले विजया दशमीको दिन कार्तिक २ गते बिहान ९स्४५–१०।०० पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनु हुने छ। त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाउने कार्यक्रम रहेको छ। त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३स्३० देखि ५स्३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उहाको सचिवालयले जनाएको छ।
त्यसपछि साँझ ६ बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीका लगाउने छन्। एकादशीका दिन कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई प्रधानमन्त्रीले टीका लगाईदिने समय तालिका तय गरिएको छ।